Techie IT
Mission Khabar

जापानको रोजगारीमा ठगीनुहोला, नीजी संस्थाको भ्रममा नपर्न सरकारको ध्यानाकर्षण


काठमाडौं । जापानको रोजगारीबारे भ्रमपूर्ण प्रचार प्रसार गरेर ठगी गरेको पाइएपछि सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न सबैमाझ आग्रह गरेको हो ।

भ्रामक प्रचार प्रसार र पैशा असुलीमा ध्यानाकर्षण भएको भन्दै प्रलोभन र ठगीमा नपर्न सरकारले सबैलाई आग्रह गरेको छ । कामदार पठाउँदा वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेकोले कामदार छनौटको परीक्षण पद्धतिमा निजी क्षेत्रका कुनै पनि संस्थाहरुको भूमिका नहुने मन्त्रालयको दाबी छ । वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । नेपाली नागरिकहरुलाई एसएसडब्ल्यू प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाउने गरी सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच समझदारी भएको थियो ।

सहमति अनुसार कामदार पठाउने बारे काम भइरहेको भन्दै विभागको आधिकारिक सूचना बिना कसैले प्रलोभनमा नपर्न आग्रह गरिएको छ । भ्रामक सूचना मार्फत ठगी गर्नेहरुको पहिचान गरेर कारबाही गर्ने तयारीमा समेत सरकार जुटेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #एसएसडब्ल्यू प्रणाली, #जापान, #जापानको रोजगारी, #प्रलोभन र ठगी, #रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, #वैदेशिक रोजगार विभाग, #श्रम

तपाईको कमेन्ट लेख्नुहोस्