मनसुनी वायु सक्रिय रहँदा देशभर सामान्य बदली सहित वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।
बिहान र दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भएको थियो भने अहिले पनि वर्षा जारी रहेको बताइएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदहरु बताउँछन् । राति समेत बागमती, प्रदेश १ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान मौसमविद्हरुले गरेका छन् । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आह्वान गरेको छ ।
आइतबार र सोमबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको महाशाखाले आगामी तीन दिनसम्म सतर्कता अपनाउन सबैमाझ आग्रह गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #जल तथा मौसम पूर्वानुमान महाशाखा, #पानी, #भारी वर्षा, #मौसमविद
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्