Techie IT
Mission Khabar

मलेसिया सरकारको बिरोध गर्दा देश निकाला, आप्रवासी नेपाली समेत मारमा


एजेन्सी/काठमाडौं । मलेसियाले सरकारको आलोचना गर्ने आप्रवासी बिरुद्ध धरकपड सुरु गरेको छ । अल जजीराको एक वृत्तचित्रमा मलेसिया सरकारले अबैध विदेशी कामदारहरूलाई पक्राउ गरेर भेदभावपुर्ण व्यवहार गरेर जेल हालेको भन्दै सरकारको आलोचना गर्ने बंगलादेशी नागरिकलाई पक्राउ गरेसँगै आप्रवासीहरुमा त्रासदी बढेको हो ।

टेलिभिजन मार्फत मलेसिया सरकारको बिरोध गरेको आरोपमा बंगलादेशी नागरिक रेहान कबीरलाई पक्राउ गरिएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन् । मलेसियाबाट देश निकाला गरिने २५ बर्षे कबीरलाई मलेसिया प्रवेशमा सधैभरका लागि रोक लगाइनेछ । उनको नाम कालोसूचीमा राखिने इमिग्रेसनका महानिर्देशक खैरुल दाजामे दौडले बताए । कतारको अल जजीरा टेलिभिजनबाट प्रशारित मलेशियाको लकडाउनमा आधारिच वृत्तचित्रमा भेदभावपूर्ण तरिकाले बच्चाहरु र रोहिंग्या शरणार्थी पक्राउ परेको विषयमा कबीरले धारणा प्रस्तुत गरेका थिए ।

गिरफ्तारी हुनु अघि समेत बंगलादेशको अखबार डेली स्टारसँग श्री कबीरले आफूले अपराध नगरेको, झूट नबोलेको भन्दै प्रवासीहरूमाथिको विभेदको कुरा गर्दा सबै आप्रवासी र बंगलादेश साथमा रहने विश्वास व्यक्त गरेका थिए । बंगलादेशी नागरिक समाज संगठनहरूको समूहले श्री कबीरको रिहाइको माग गर्दै मिडियासँग गरिएको अन्तर्वार्ता कुनै अपराध नभएको जिकिर गरेको छ । वृत्तचित्र प्रशारण गर्ने अल जजीराले समेत सम्भावित देशद्रोह, मानहानि र देशको सञ्चार र मल्टिमेडिया ऐनको उल्लंघन भएको आरोपको खण्डन गर्दै “व्यावसायिकता, गुणस्तर र निष्पक्ष पत्रकारितामा प्रश्न नउठाउन भनेको छ ।

मलेसियाले पछिल्लो समय कोरोना रोकथामको कारण देखाउँदै आप्रवासी कामदार तथा अबैध आप्रवासीमाथी धरपकड गर्दै आएको छ । यता, मलेसियाले शरणार्थीलाई चिन्न नसकेको, कम तलबमा काम लगाउने विदेशी आप्रवासी कामदारप्रति भेदभाव गरेको भन्दै मलेसिया सरकारको धरपकडको बिरोध हुँदै आएको छ ।

आप्रवासी नेपालीमा त्रास

मलेसियामा करिब ९ लाख नेपाली रहेको र कोरोना महामारिका कारण कम्तिमा ३० हजारले रोजगारी गुमाउने आँकलन गरिदैगर्दा यो घटनाले नेपालीहरु समेत समस्यामा पर्ने देखिएको छ । यसअघि नै मलेसियाले सीआईएको एजेन्टका रुपमा काम गरेको आरोपमा एक नेपालीलाई देश निकाला गरेको थियो । अबैध कामदार तथा मलेसिया सरकारको थिचोमिचो बिरुद्ध बोल्ने व्यक्ति प्रहरी धरपकड र गिरफ्तारीमा पर्ने चिन्ता मलेसियामा रहेका आप्रवासी कामदारमा बढ्न थालेको छ ।

pic : getty images


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #AlJazeera, #hot, #आप्रवासी कामदार, #कतार, #बंगलादेश, #बंगलादेशी नागरिक, #बंगलादेशी नागरिक गिरफ्तारी, #मलेसिया, #रेहान कबीर

तपाईको कमेन्ट लेख्नुहोस्