Techie IT
Mission Khabar

माक्स नलगाउने बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सरकार, रोकिएला त बेवास्ता ?


काठमाडौं । भीडभाडमा भौतिक दूरी कायम नहुदा बढ्ने जोखिमलाई ख्याल गर्दै गृह मन्त्रालयले मास्कको प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै गृहले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रह गरेको हो ।

मन्त्रालयले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनेको छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै परिपत्र जारी गरिएको गृहले जनाएको छ । अब कारबाहीको विवरण समेत दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण कायमै रहदा सरकाले लकडाउन अन्त्यको घोषणा गरेसँगै विना मास्क बजारमा निश्किनेहरु बढ्न थालेका छन् । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #कोरोना भाइरस, #गृह मन्त्रालय, #जिल्ला प्रशासन कार्यालय, #नेपाल प्रहरी, #मास्क नलगाउने पक्राउ

तपाईको कमेन्ट लेख्नुहोस्