आजदेखी पाँचदिनसम्म भारी वर्षा हुने, जोखिम क्षेत्रका सबैलाई सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने पूर्वानुमान सहित सतर्क हुन आग्रह गरेको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले प्रदेश १ र २ का अधिकांश स्थानमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम आँकलन गरेको विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा हुने छ । साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने भन्दै मौसमविदले नदि खोला र तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका छन् । विभागका अनुसार अबको पाँच दिन भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।
चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै मौसमविद्ले सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot, #जल तथा मौसम विज्ञान विभाग, #बाढी पहिरोको जोखिम, #भारी वर्षा, #मौसम पूर्वानुमान महाशाखा, #मौसमविद
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्