Techie IT
Mission Khabar

थपिए १३९ संक्रमित, कोरोना संक्रमितको संख्या १८७७२ पुग्दा ४८ जनाको मृत्यु

१३ हजार ७५४ जनाले जिते कोरोना


काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका छन् । संक्रमित मध्ये १३ हजार ७५४ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यस्तै, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १० १० जना, बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३ ३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक एक जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

थप एकको मृत्यु

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । मृतक बृद्ध निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी रहेको बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #उपचारका क्रममा मृत्यु, #कोरोना जितेका संक्रमित, #कोरोना संक्रमण, #कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८, #नेपालमा कोरोना संक्रमित, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्