निर्वाचन खर्चिलो भयो मितव्ययी बनाउनुपर्छ : सांसदहरु

काठमाडौं । सांसदहरुले अहिलेको निर्वाचन खर्चिलो रहेको भन्दै मितव्ययी बनाउनुपर्ने आवाज उठाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमा छलफल गर्दै सांसदहरुले अत्यन्त महँगो वर्तमान निर्वाचन प्रणालीबाट लोकतन्त्र र राजनीतिक मूल्य मान्यतामा असर पर्ने देखिएकाले विकल्पका लागि छलफल चलाउनुपर्ने सुझाव दिएका हुन् ।
समिति सदस्यहरुले वर्तमान निर्वाचनले नै भ्रष्टाचार मौलाएको भन्दै सुधारको आवश्यका औल्याए । सांसद लालबाबु पण्डित, यशोदा सुवेदी, दिलेन्द्रप्रसाद बडू, पम्फा भुसाल, छक्कबहादुर लामा लगायतले नीतिभन्दा नियत खराब देखिने र ठूला नेता र पहुँचवालाले मौ अवसर पाउने निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औल्याएका थिए ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको भन्दै अभ्यासमा रहेको निर्वाचन प्रणालीलाई कसरी मितव्ययी बनाउने भन्नेमा आयोगको ध्यान केन्द्रित भएको बताउनुभयो । निर्वाचन पैसाले होइन निष्ठाले जितिन्छ भन्ने मान्यता सहित कम खर्चिलो तुल्याउन मतदानस्थलमै मतगणना गर्ने व्यवस्था गर्न व्यावहारिक हुने सुझाव आयोगको थियो ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #आयुक्त दिनेशकुमार थपलिया, #निर्वाचन आयोग, #निर्वाचन खर्चिलो, #निर्वाचन प्रणाली, #राजनीतिक दल, #राज्यव्यवस्था तथा सुशासन समिति
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्