Techie IT
Mission Khabar

एसईईको रिजल्ट एक सातामा, हार्डकपी र सफ्ट कपी रुजुको काम हुँदै


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । बोर्डका अनुसार एक साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको हो ।

कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विधालयलाई नै दिइएको थियो । बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले देशभरबाट सम्पुर्ण विवरण आइसकेका कारण प्राप्त हार्डकपी र सफ्ट कपी रुजुको काम सकेपछि नतिजा प्रकाशन हुने जानकारी दिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #एसईईको नतिजा, #परिक्षा नियन्त्रक, #माध्यमिक शिक्षा परीक्षा–एसईई, #रामराज खकुरेल, #राष्ट्रिय परीक्षा बोर्ड

तपाईको कमेन्ट लेख्नुहोस्