Techie IT
Mission Khabar

फैशला र विचाराधीन मुद्दामा टिकाटिप्पणी नगरौँ : सर्वोच्च अदालत


काठमाडौं । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ती जारी गर्दै न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध गर्नुभएको हो । न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ ध्यान दिन समेत विज्ञप्तीमा भनिएको छ ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ ।

 


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot, #न्यायायापालिका, #प्रधानन्यायधिश, #रञ्जन कोइराला, #समाचार प्रवाह वा टीकाटिप्पणी, #सर्वोच्च अदालत

तपाईको कमेन्ट लेख्नुहोस्