काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, देशभर संक्रमितको संख्या १९०६३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भयो । मंगलबार काठमाडौंमा ४८ जना, भक्तपुरमा १ जना र ललितपुरमा ४ जनामा संक्रमण पुष्टी भएसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ६ पुगेको छ । काठमाडौंमा मात्रै सक्रिय कोरोना संक्रमितको संख्या २२० पुग्दा भक्तपुरमा १० र ललितपुरमा २६ जना उपचाररत छन् । काठमाडौंमा ६ जना र ललितपुरमा ३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
पछिल्लो समय काठमाडौंमा घरमै बसेका कुनै सम्भावित संक्रमित सँगको संगत वा यात्राको हिस्ट्रि नभएकाहरुमा समेत कोरोना पहिचान हुँदा समुदाय स्तरमा कोरोना विस्तार भएको आशंका गरिदैछ । तर सरकारले भने कुनै निश्चित क्षेत्रमा दुई चार जनामा संक्रमण पहिचान हुनुलाई समुदायमा कोरोना फैलिएको मान्न नसकिने बताउँदै आएको छ । र पनि भीडभाड र आवतजावत बढ्दा स्थानीय संक्रमणको अवस्था झन झन डरलाग्दो बन्दैछ ।
देशभरको अवस्था
पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । कोरोना जित्नेहरुको संख्या १३ हजार ८ सय ७५ पुग्दा काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ३, मोरङका १७, ओखलढुङ्गाका १, सप्तरीका १५, धनुषाका ८, महोत्तरीका ८, बाराका १, इलामका १ र पर्साका १४,भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौँका ४८, नुवाकोटका १, सिन्धुपाल्चोकका ४, दाङका १, गोर्खाका १, ललितपुरका ४, रामेछापका १, धनुषाका १, सर्लाहीका १, कास्कीका २, लमजुङका २, स्याङजाका १८,बाराका ४, रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासीका ७, रुपन्देहीका २, सुर्खेतका ३, दैलेखका १, बझाङका ३, डोटीका ५८, अछामका १६, दार्चुलाका १, कैलालीका १८ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
४९ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका बझाङ बुंगल–३ का ६५ वर्षिय पुरुषमा मंगलबार संक्रमण पुष्टि भएको हो । असार २४ गते भारतको बैंग्लोरबाट नेपाल आएका उनी १४ दिन आइसोलेशन राखेर लक्षण नदेखिएको भन्दै घर पठाइएका व्यक्ति हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #काठमाडौं उपत्यका, #कोरोना संक्रमण, #नेपालमा कोरोना भाइरस, #मृत्यु, #समुदायमा कोरोना, #स्थानीय संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्