Techie IT
Mission Khabar

सुरु भयो सीआईबीको अप्रेशन, अवैध कल बाइपासमा संलग्न एक पक्राउ


काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्नताको अभियोगमा काठमाडौंको खिचापोखरीबाट एक जना पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले खिचापोखरी क्षेत्रबाट पक्राउ गरेको हो । सीआईबीका डीआईजी सहकुल थापाले ८ पोर्टको भीओआईपी उपकरणसहित पक्राउ परेका व्यक्ति उपर दूरसंचार ऐन, २०५३ अनुसार थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सीआईबीले २ बर्ष अघि मात्रै १०६ वटा अप्रशन चलाएर कल बाइपासमा संलग्न १६४ जनालाई पक्राउ गरेको थियो । यसपछि पनि पटक पटक अप्रेशन र पक्राउको क्रम चल्यो । तर मुख्य नाइके विदेशमा रहने र एजेन्ट मात्रै पक्राउ पर्दा उनीहरुले नयाँ नयाँ व्यक्तिलाई प्रलोभनमा पारेर अबैध कल बाइपासलाई निरन्तरता दिदै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #कल बाइपास, #पक्राउ, #प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, #सहकुल थापा

तपाईको कमेन्ट लेख्नुहोस्