संख्या घटेपनि बढ्दै कोरोनाको जोखिम, काठमाडौं उपत्यकामै खतराको घण्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १४, पर्साका ३४, भक्तपुरका १, धादिङका ७, कपिलवस्तुका २, काठमाडौका १४, नवलपरासीका २, रौतहटका १, बागलुङका ७, स्यङजाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ तथा कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४६ जना संक्रमित निको भएर घर फर्किदा १४ हजार २१ जनाले कोरोना जितेका छन् । ७२.७ प्रतिशत संक्रमित निको हुँदा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् । बुधबार साँझसम्म आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् । बुधबारमात्रै ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
सेकेण्ड वेभको त्रास
प्रदेश २ का बारा, पर्सा सहितका जिल्लाहरुमा मात्रै गण्डकी र प्रदेश पाँच सहित काठमाडौं उपत्यकामा समेत समुदायस्तरमा कोरोना विस्तार भएको आशंका गरिदैछ । सरकारले समुदायस्तरमा कोरोना विस्तार नभएको जतिसुकै दाबी गरेपनि स्वतन्त्र स्वास्थ्य विज्ञहरुले जोखिम थप बढेको भन्दै सरकार र आम नागरिकलाई सचेत गराइरहेका छन् । काठमाडौंमा दिनहुँ पहिचान भएका संक्रमित, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेनासँगै स्वास्थ्य कर्मीहरुमा धमाधम पहिचान भएको कोरोना भाइरसले समुदामा कोरोना फैलिएको संकेत गरिरहेको छ ।
बुधबार साँझ मात्रै बारा र पर्सामा सेना र स्वास्थ्यकर्मी सहित ५३ जनामा कोरोना पुष्टि भएको छ । यो खतराको संकेत नै हो । महाबौद्ध क्षेत्रमा व्यापार गर्ने एकै परिवारका पाँच सदस्यमा शनिबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । यो भीडभाडमा पहिचान भएको संक्रमणले थप विस्तारको संकेत गरेको छ । काठमाडौं सहित देशका धेरै स्थानमा ट्राभल हिस्ट्र नै नभएका सयौँमा कोरोना देखिदा संक्रमण समुदायमा विस्तार भएको छ भन्ने आशंकाले थप पुष्टि पाउँदा समेत सरकारको सुस्तता जोखिम बढाउन कारक बन्न सक्छ । कोरोनाको अवस्थाको पहिचानसँगै जनताको जीउ धनको रक्षामा सरकार गम्भिर बनोस् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #कोरोना भाइरस (कोभिड–१९), #जोखिम, #डा.जागेश्वर गौतम, #नेपाली सेना, #प्रहरी, #समुदामा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यकर्मी
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्