आकासियो हरियो तरकारीको मुल्य, दशैसम्म महंगीको मार

काठमाडौं । लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बाक्लिएको छ । बाहिरबाट काठमाडौं भित्रिनेहरु बढेसँगै अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि ह्वातै बढेको छ ।
काठमाडौँमा मानिसहरुको चहलपहलसँगै तरकारीको मूल्यमा दैनिक प्रतिकेजी २० रुपैयाँका दरले बढेको व्यवसायीहरु बताउँछन् । वर्षादले बाटोमा अबरोध हुँदा तरकारी कम आएको तथा व्यापार पनि कम भएको भनिदैगर्दा मुल्य भने दिनप्रतिदिन आकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति बर्खाको सुरुवातसँगै तरकारीको मूल्य वृद्धि हुने नियति नै बनिसके पनि कोभिड–१९ का कारणले तरकारीको आयात र उत्पादनमा कमि आएकाले मूल्यमा वृद्धि भएको बताउँछ ।
सामान्य अवस्थामा यस सिजनमा करिब सात सय टन तरकारी आयात हुने गरेकोमा करिब साढे पाँच सय टनमात्र आयात भएका कारण समेत मुल्य बढेको देखिन्छ । केही समय अघि मात्रै किलोको ४०, ५० मा पाइने बोडी, टमाटर, काउली घिरौला, करेला, सिमीको मुल्य एकाएक बढेर अहिले १ सय ५० हाराहारी पुगेको छ । अधिकांश हरियो तरकारीको मुल्य प्रति किलो सयबाट उकालो लागेको छ । मुल्य बृद्धीको मार दशैतिहारसम्मै कायम रहने कतिपय व्यवसायीहरु बताउँछन् ।
यता, चामल गेडागुडी र तेलको मुल्य समेत लकडाउनपछि बढेको छ । कोरोनाको जोखिम कायमै रहँदा दाल, चामल, गेडागुडीमा समेत महंगी बढिरहेको छ । वर्षाका कारण विभिन्न सडकखण्डमा अबरोध पैदा हुँदा फलफुलको मुल्य समेत बढेको छ । एक सय दर्जनको केरा १ सय २० देखी ३० सम्म पुगेको छ भने आप, स्याउ लगायतमा किलोमा १० देखी २० रुपैयाँसम्म मुल्य बढेको छ ।
क्याटेगोरी :
अर्थ / रोजगार,
कृषी / उद्यम,
देश / प्रदेश
ट्याग : #breaking, #काठमाडौं उपत्यका, #तरकारी, #मुल्य, #मुल्य बृद्धीको मार, #हरियो तरकारी
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्