Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा बढ्दै कोरोना त्रास, नीजि अस्पताललाई उपचारको अवशर


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ४५ सहित देशभर २ सय ७४ जनामा कोरोना संक्रमित थपिए । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २ २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा जोखिम बढेको छ ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीमा समेत कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर २ सय २७ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १४ हजार २ सय ४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ५२ जनाको ज्यान गएको छ ।

नीजि अस्पतालमा समेत परिक्षण र उपचार
सरकारले कोरोना भाइरस संक्रमितको उपचार गर्ने निजी अस्पतालले जटिल अवस्थाका बिरामीको उपचार गर्दा १५ हजार रुपैयाँसम्म, सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजारसम्म शुल्क लिन पाउने जानकारी दिएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पतालको मापदण्ड तोकेको छ ।

अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने गरि सरकारले कार्यविधि तयार पारेको हो । अब कोरोना परीक्षण गर्ने निजी अस्पतालले तोकिएको शुल्क ५५ सयमा १० प्रतिशत थपेर ६ हजार ५० रुपैयाँ नबढ्ने गरी शुल्क लिन पाउनेछन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #निजी अस्पताल

तपाईको कमेन्ट लेख्नुहोस्