Techie IT
Mission Khabar

काठमाडौं उपत्यका प्रवेशमा कडाई, कार्यान्वयनमा सधै समस्या


काठमाडौँ । गृह मन्त्रालयले संक्रमित क्षेत्रबाट काठमाडौं उपत्यकामा कोरोना संक्रमित भित्रिरहेको भन्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । गृहले अत्यावश्यक काम भएका बाहेकलाई पास जारी नगर्न देशभरका जिल्लाहरुलाई निर्देशन दिदै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको हो ।

सरकारले साउन ६ गते साँझदेखि लकडाउन अन्त्यको घोषणा गरे पछि दिनहु काठमाडौं उपत्यकामा संक्रमित पहिचान भइरहेका छन् । उपत्यकाको हकमा तीन जिल्लाभित्र र बाहिरको हकमा जिल्लाभित्र सवारी साधन सञ्चालन खुला गरिएसँगै आवतजावत र भीडभाड बढेको छ । भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा नआउँदै नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएपनि संक्रमितहरु ह्वात्तै बढ्दा गृह मन्त्रालय सजग भएको हो ।

सरकारले पासमा कडाई तथा नाकामा कडाइ गर्ने भन्दै पटक पटक निर्देशन दिने तथा निर्णय गर्ने काम गरेपनि कार्यान्वय पक्ष भने सधै कमजोर देखिएको छ । नाकामा कडाई गरेर कोरोना संक्रमण एक ठाउँबाट अर्को ठाउँमा विस्तार हुँन नदिनेगरि सरकारले रणनीती बनाएपनि उपत्यका प्रवेश नाका भन्दा केही पर सवारी साधनबाट झरेर हिड्दै भित्रिनेहरुको जमात समेत बढिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्