Techie IT
Mission Khabar

काठमाडौंमा ३८ सहित थपिए २२४ कोरोना संक्रमित, एकैदिन ४ जनाको मृत्यु

१९ हजार ६६१ संक्रमित पुग्दा १४ हजार ३९९ ले जिते कोरोना


काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँग नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३२ जना काठमाडौंका, ललितपुरका ५ र भक्तपुरका १ जना भएपनि ठेगाना खुलाइएको छैन । २४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या १४ हजार ३९९ पुगेको छ ।
५६ जनाको मृत्यु
शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको हो । तीन जनाको उपचारका क्रममा निधन भएपनि वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #उपचारका क्रममा निधन, #कोरोना भाइरस संक्रमण, #नमुना परीक्षण, #प्रयोगशाला, #मृत्यु, #संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्