सत्तारुढ दल नेकपाको अन्तरकलह, अध्यक्ष द्धयको संवादहीनताले बढाउदै अविश्वास

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले चालेका पछिल्लो समयका फरक कदमले आपसमा अविश्वास चुलिएको छ । अविश्वास बढ्दा विवाद सुल्झाउन भन्दै दैनिकजसो हुने भेटवार्ता रोकिएर संवादहीनताको अवस्था सिर्जना भएको छ ।
दुई अध्यक्षबीचको संवादहीनता तोडाउन दोस्रो तहका नेताको दौडधूप बढेपनि उनीहरुको प्रयास सार्थक हुन सकेको छैन । बुधबार, बिहीबार र शुक्रबार दोस्रो तहका नेताहरुले दुई अध्यक्षसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । महासचिव विष्णु पौडेल भने दुई अध्यक्षको संवादहीनता तोडाउने दौडधूपमा छन् । उनले बिहीबार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका छन । तर अध्यक्ष प्रचण्डले निकास सहितको सम्वादमा बोलाउन आग्रह गर्दै आएका छन् ।
गत मंगलवार ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले बहुमत सदस्यहरुको बैठक गरेका थिए । यद्यपि त्यो बैठक सञ्चालन गर्नुपूर्व दाहालले अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ओलीसँग भेट गरेका थिए । तर, ओलीले स्थगित बैठकमा आफू नआउने भन्दै गएका थिएनन् । दाहालले बसालेको बैठकमा ओली समूहका नेता पनि सहभागी भएका थिएनन् । बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो । त्यहीबाट उनीहरुबीचको अविश्वास चुलीमा पुगेको हो ।
मंगलबारयता ओली–दाहालबीच संवाद भएको छैन । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । अहिले नेपाल–दाहाल समूह दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा छ । तर, दुवै पदबाट राजीनामा नदिने अडानमादा रहेका ओलीकै कारण असार १० देखि जारी नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot, #ओली–दाहाल, #केपी ओली, #नेकपा, #नेकपा विवाद उत्कर्षमा, #नेकपाको अन्तरकलह, #नेताको दौडधूप, #पुष्पकमल दाहाल, #संवादहीनताको अवस्था
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्