Techie IT
Mission Khabar

साँढे ४ लाख बढी विद्यार्थीको प्रतिक्षा, एक साता भित्र एसईईको नतिजा


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ ।

बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जानकारी दिएपनि कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताइएको छ । ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको र सिस्टम चढाउने काम भइरहेको छ । अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्ने बोर्डले जानकारी दिएको छ । केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी रहेकोले साउन २१ भित्रै रिजल्ट प्रकाशन गर्ने लक्ष्य परिक्षा बोर्डले राखेको छ । यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् ।

नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । कोरोना महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै जेठ २८ गते एसईई परीक्षा रद्द गरिएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot, #एसईईको नतिजा, #माध्यमिक शिक्षा परीक्षा–एसईई, #राष्ट्रिय परीक्षा बोर्ड

तपाईको कमेन्ट लेख्नुहोस्