Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ५७ जनाले गुमाए ज्यान

१४ हजार ४९२ ले जिते कोरोना


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९३ जना निको भएसँगै १४ हजार ४९२ ले कोरोना जितेका छन् । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ ।

प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५, गण्डकी प्रदेशमा ३ सय १३ जना, प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना जित्नेहरु
प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना, प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

क्वारेन्टिनमा बस्नेहरु
देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना, प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । शनिबार मात्रै पनि नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारको अपिल
कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #आइसोलेसनमा उपचाररत, #कोरोना संक्रमण, #क्वारेन्टिन, #मृत्यु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्