Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा ३१ सहित थपिए २४६ संक्रमित, साँढे १४ हजार बढीले जिते कोरोना

२० हजार ३३२ संक्रमित पुग्दा ५७ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । पछिल्लो २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको छ ।

आइतबार थपिएका संक्रमित
पर्सामा ८१, धनुषा ३५, काठमाडौंमा २२, सुनसरी १२, मोरङ १६, महोत्तरी ५, चिवतन १, सर्लाही २, बझाङ २, डोटी १२, कैलाली १०, ललितपुर ८, बर्दिया १, दार्चुला १, गोरखा १,रौतहट २, सिन्धुली १, भक्तपुर १, कास्की ५, बागलुङ १, लमजुङ ३, स्याङ्जा ८, तनहुँ २, बर्दिया ९, नवलपरासीपूर्व ३, रुपन्देही १ जना।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३१ जना संक्रमित थपिएका छन् ।१११ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना संक्रमण जित्नेहरुको संख्या १४ हजार ६०३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ७१ दशमलब ८ प्रतिशत रहेको छ ।

वीरगञ्जमा शनिवार थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाकामा कोरोना परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #कोरोना संक्रमण, #नेपालमा कोरोना, #मृत्यु, #संक्रमणमुक्त, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्