Techie IT
Mission Khabar

सरकारी कार्यालयमा भीडभाड, कोरोनाको जोखिम


काठमाडौं । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा कुनैपनि बेला स्थिति भयावह हुने जोखिम देखिएको छ ।

कोरोनाबाट बच्न मास्क र सेनिटाइजरको नियमित प्रयोग र भौतिक दूरी कायम गर्न सरकारले आम जनतालाई बारम्बार आग्रह गरेपनि सरकारी निकायबाटै यसको चरम उल्लंघन भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय, मालपोत लगायतका सरकारी कार्यालयमा सेवाग्राहीको भीडभाड, भौतिक दूरी कायम गर्नमा गरिएको बेवास्था र मास्क प्रयोग नगर्ने गरिहालेपनि चिउडोमा लगाएर गफिने आम प्रवृत्तिले कोरोनाको जोखिम बढाएको छ । ताहाचलस्थित श्रम कार्यालय, जिज्ला र प्रदेशमा रहेका मालपोत र यातायातमा देखिने भीडभाडले सरकारी कार्यालयहरु कतै कोरोना समुदायमा विस्तार गर्ने ठाउ त बन्दैनन भन्ने जोखिम बढेको छ ।

सेवाग्राहीको भीडभाडलाई ब्यवस्थित गर्न सरकारी कार्यालयले सकेका छैनन भने सेवाग्राही समेत सचेत र साबधान बनेको पाइदैन । अधिकांश सरकारी कार्यालयमा समेत सेनिटाइजर, पानी लगायतका कोरोना रोकथामका स्वास्थ्य पूर्वाधारको अभाव देखिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #कोरोनाको जोखिम, #मालपोत, #यातायात व्यवस्था कार्यालय, #श्रम कार्यालय, #सरकारी कार्यालय, #सेवाग्राहीको भीडभाड

तपाईको कमेन्ट लेख्नुहोस्