Techie IT
Mission Khabar

कोरोना संक्रमण थप विस्तार भए पुनः लकडाउन, संवेदनशील बन्न सरकारको अपिल


काठमाडौं । कोभिड १९ कोरोनाको संक्रमण पुनःबढ्दै गएपछि नेपाल सरकारले आवतजावतमा कडाइका साथै आवश्यक परेमा पुन लकडाउन गर्नेसम्मको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ भने संक्रमित बढेर परिस्थिति गम्भिर बने पुनः लकडाउन गर्न सकिने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हालसम्म लकडाउनको तयारी नभएपनि संक्रमित बढेर प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउनेतर्फ सचेत गराउनुभयो । वीरगञ्ज,जनकपुर विराटनगर लगायतका स्थानमा देखिएको घटनाले संवेदनशील बनाइरहेको भन्दै आवतजावत र क्वारेन्टिनमा स्वास्थ्य मापदण्ड र अनुशासन नअपनाउदा जोखिम थप बढ्ने भन्दै सकारकाले सबैलाई सचेत गराइरहेको छ । सरकारले बालवालिका र बृद्धबृद्धालाई सकभर घर बाहिर ननिस्किन अपिल समेत गरेको छ । उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने भन्दै अहिले नै लकडाउन गर्ने बेला भने नभएको बताए । मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्षमा सिसिएमसी पुगेको छ ।

ससिएमसीका सचिव महेन्द्र गुरागाईंले स्यानिटाइजर,मास्क र सोसल डिस्टेन्सको प्रयोगलाई पालना गरेमा लकडाउन गर्न नपर्ने जानकारी दिनुभयो । सरकारले थप जोखिमको आँकलन गर्दै जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन अनुरोध गरेको छ । आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न निर्देशन दिएको सरकारले संक्रमणको अवस्था हेरेर स्थानीय तह र जिल्ला जिल्लामा लकडाउन र कर्फ्यु गर्ने अधिकार दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #कोरोना संक्रमण, #नेपाल सरकार, #लकडाउन, #संक्रमित, #सिल, #सिसिएमसी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य मापदण्ड

तपाईको कमेन्ट लेख्नुहोस्