मेलम्ची पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, तीन जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको शव फेला परेकोमा दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो ।
अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु रहेको बताइएको छ । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरो आइतबारराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।
प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको छ । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएका उनलाई थप उपचारका लागि धुलिखेल लगिदैछ । अर्का एक भारतीय नागरिक राजेन्द्र चौरसिया पनि पहिरोमा पुरिएका छन् । भारतीय नागरिकहरुको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर बेपत्ता भएका अन्य तीन जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्