Techie IT
Mission Khabar

मेलम्ची पहिरो अपडेट : ८ जनाको शब, एक जना घाइतेको ह्याम्समा उपचार


सिन्धुपाल्चोक काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति गएको पहिरोमा पुरिएर मृत्यु भएका आठ जनाको शव निकालिएको छ । मेलम्ची नगरपालिका ११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार पहिरोबाट आठ जनाको शव निकालिएको हो ।

एक जना घाइतेको भने एयर डाइनेष्टीको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएका वीरगन्ज र भारतका मजदुरहरू आइतबार मध्यराती खसेको पहिरोमा पुरिएका थिए । पुररिएका मध्ये आठ जनाको मृत्यु हुँदा एक जनाको जिवितै उद्धार गरिएको थियो ।

पहिरोमा ज्यान गुमाउने मध्ये तीन जना भारतका र अन्य वीरगन्जका रहेको बताइएको छ । कभर्ड हल बनाउन २० दिनअघि मेलम्ची बजार आएका उनीहरु निर्माणाधीन कभर्ड हलको छेउमा बस्दै आएका थिए ।

यता, सिन्धुपाल्चोकको पाँच पोखरीमा मात्रै आइतबार रातीको पहिरोमा परेर एकै परिवारका श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

 


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्