Techie IT
Mission Khabar

समुदायमा कोरोना : काठमाडौं उपत्यकामा ५१ सहित थपिए ४१८ संक्रमित

२०७५० संक्रमित मध्ये १४९६१ ले जिते कोरोना, ५७ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४ सय १८ संक्रमित पहिचान भएका हुन् । संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ९६१ जनाले कोरोना जितेका छन् ।

थपिएका संक्रमित
पर्सामा ७१, कैलालीमा ६७, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६, बाँके र कास्कीका ८/८ जना, भक्तपुर, झापा र सुनसरीमा ५/५ जना, बारा र अछाममा ४/४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २/२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १/१ जनामा संक्रमण

काठमाडौं उपत्यकामा ५१ जना थपिए
काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही खुलाएको छैन ।

नेपालगञ्ज उपमहानगर सिल
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ । प्रशासकीय अधिकृत ओमबहादुर खड्काले केही कर्मचारी र वडाध्यक्ष सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालय सिल गरिएको जानकारी दिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #कोरोना संक्रमण, #नमुना परीक्षण, #नेपालगञ्ज उपमहानगर सिल, #प्रयोगशाला, #मृत्यु, #समुदायमा कोरोना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्