कांग्रेस नेता बस्नेतको सहयोगी मन, मेलम्चीको घटनास्थतमा आफै पुगे

रामचन्द्र दुलाल,मेलम्ची। पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको टोलीले मेलम्ची घटनाको स्थलगत अवलोकन गरेको छ । मेलम्ची घटना भएको थाहा पाउनासाथ इन्द्रेणी कार्यक्रमका संयोजक कृष्ण कडेंल सहितको टोली लिएर पूर्व मन्त्री बस्नेत मेलम्ची पुगेका हुन् ।
आइतबार राति आएको पहिरोले पुरिएर वीरगन्ज घर भई मेलम्चीमा मजदुरी गरिरहेका ८ जनाको मृत्यु भएको थियो भने १ जनाको ४ घण्टा पछि जीवितै उद्धार गरी उपचारको लागि काठमाडौँ लगिएको छ । पूर्व मन्त्री बस्नेतले घटना प्रति दुख व्यक्त गर्दै पीडित परिवार लाही धैर्य भएर बस्न आग्रह गरे ।
यस्तै, चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कडेंलले घटनामा मृत्यु भएकाहरूका लागि प्रति परिवार २० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । उत्त कामदारले पसलमा तिर्नुपर्ने २० हजार कँडेलले नै तिरिदिएका छन् । यता, पाँच पोखरीमा गएको पहिरोमा परि मृत्यु भएका दम्पतीलाई सहयोग स्वरुप कडेलले सागरकुमार श्रेष्ठ मार्फत पठाएका छन् ।
नेता बस्नेतले जिल्लामा घटेका हरेक घटनाहरूमा स्वयम उपस्थित हुँदै सहयोग गर्दै आउनुभएको छ । कार्यक्रममा काँग्रेस क्षेत्र १ का क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, बसन्त गुरुङ, समिर तामाङ, प्रकाश सापकोटा, ज्ञानेन्द्र थापा, युधिर पौडेल, दिपक दुलाल, मधुकर चौलागाईको टोली घटनास्थल पुगेको थियो ।
क्याटेगोरी : जनप्रतिनिधि, जीवन भोगाई, देश / प्रदेश
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्