सुन प्रतितोला लाख नजिक, १३ दिनमै ७ हजार महंगियो

काठमाडौ । सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेर ९९ हजार ८ सयमा कारोबार भएको हो ।
तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ३६५ पुगेको छ । मूल्य स्थिर रहेको चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
१३ दिनमा ६ हजार ९ सय महंगियो
अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ देखी प्रतितोला एक हजार तीन सय रुपैयाँसम्म सुनमा महंगि थपिएको छ । साउन ७ गते नेपाली बजारमा सुनको कारोबार अघिल्लो दिनको भन्दा एक हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
१२ गते प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन १३ गते प्रतितोला ७ सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँ, १४ गते प्रतितोला ३ सय रुपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँ, १५ गते प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ, १६ गते प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सय रुपैयाँ र १८ गते प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। १९ गते स्थितर रहेको मुल्य २० गते २०० बढेर ९९ हजार ८०० पुगेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot, #एक लाख रुपैयाँ नजिक, #छापावाल सुन, #नेपाल सुनचाँदी व्यवसायी महासंघ, #सुनको मूल्य, #सुनको मूल्य निरन्तर उकालो
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्