Techie IT
Mission Khabar

मंगलबार १२१५ नेपाली स्वदेश फर्किए, बुधबार १५ अन्तर्राष्ट्रिय उडान तथा अवतरण


काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान अवतरण भएका छन् । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण हुँदा ५६ जना यात्रु विदेश उडेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना, दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना, जापानको नारिताबाट ३ बच्चासहित २६४ जनालाई नेपाल ल्याएको छ । यो जहाजले १५४७ केजी कार्गोसमेत ल्याएको थियो । एयर अरेबियाले सारजहाबाट १६५, फ्लाई दुबईको जहाजले दुबईबाट १५६ र मालिन्दो एयरले क्वालालाम्पुरबाट १७६ जनालाई काठमाडौं ल्याएको छ । फ्लाई दुबई फर्कदा ५५ जनालाई बोकेर दुबई उडेको छ । यो जहाजले २४५ किलो कार्गो समेत नेपाल ल्याएको थियो । नेपाल एयरलाइन्सको एक जहाज दोहा र अर्को जहाज दुबई उडेको छ । उता, हिमालयको एक जहाज दमाम र अर्को जहाज आवुधावी उडेका छन् । यी जहाज बुधबार फर्कने छन् ।

बुधबार १५ अन्तर्राष्ट्रिय उडान अवतरणको तालिका रहेको छ । मंगलबार विभिन्न गन्तब्यमा उडेका चार नेपाली जहाज बुधबार फर्कनेछन् । बुधबार हिमालय एयरलाइन्सको जहाज इराकको राजधानी बगदाद गएर फर्कनेछ । बुधबार फ्लाइ दुबईले दुबईबाट, एयर अरेबियाले सारजहाबाट, कतारले दोहाबाट, भुटान एयरलाइनसले पारोबाट काठमाडौं आउने गरी उडान अनुमति लिएका छन् । बुधबार हिमालय र नेपाल एयरलाइन्सका दुई दुई जहाज चार गन्तब्यका लागि उड्नेछन् । बुद्ध एयरको एक जहाज भारतको नयाँ दिल्ली जाने तालिका तय भएको छ । आन्तरिकमा भने मंगलबार कुल ९ उडान भएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot, #अन्तराष्ट्रिय उडान, #अवतरण, #उद्धार उडान, #त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

तपाईको कमेन्ट लेख्नुहोस्