Techie IT
Mission Khabar

जनताको स्वास्थ्य भन्दै अर्थतन्त्र तहसनहस हुनेगरी लकडाउन हुँदैन : मन्त्री खतिवडा


काठमाडौं । लकडाउनको तयारी र छलफल बारे समाचार आउन थालेपछि सरकारले तत्काल लकडाउनबारे छलफल नभएको भन्दै मुख खोलेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउनको सम्भावना नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले लकडाउनको सुझाब दिएपनि सरकार लकडाउनको पक्षमा नरहेको जानकारी दिएका हुन ।

पछिल्लो ६ महिनाको तथ्यांक देखाउँदै मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा देखाइएको भन्दै मन्त्री खतिवडाले धेरै मान्छे अरु नै कारणले मरिरहेको जानकारी दिए । अहिलेको अवस्थामा जनताको स्वास्थ्यलाई मात्र नभएर सरकार आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । चैत १० गते सरकार जुन हिसाबले लकडाउनमा जाने निर्णयमा पुगेको थियो, त्यो तरिकाले अहिले सोचिएको नभएर कोरोना संक्रमण बढी भएको ठाउँमा कडाइ भने गरिने मन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले जोखिमको मुल्यांकन र कडाइ गर्ने जिम्मेवारी समेत जिल्ला प्रशासन र स्थानीय तहको भएको जानकारी दिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #अर्थतन्त्र, #कोरोना, #जिल्ला प्रशासन कार्यालय, #युवराज खतिवडा, #लकडाउन, #सरकार, #स्थानीय तह

तपाईको कमेन्ट लेख्नुहोस्