नेपालमा कोरोना संक्रमितको संख्या २१७५० पुग्यो, काठमाडौँ उपत्यकामा ८७ सहित थपिए ३६०

काठमाडौं । उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका १, ललितपुरका २ तथा काठमाडौँका १५ जना, हेटौँडामा गरिएको परीक्षणमा काठमाडौँका १ जना र वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौँका ४ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएका हो। ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ९ र ललितपुरका १ जना, बीआइडीएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका ६ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एकैदिन ३ सय ६० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ३ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हाल देशका विभिन्न क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ३३ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा ६५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्