बिहिबार १४६६ जना स्वदेश फर्किए, शुक्रबार १४ उडान र अवतरण
काठमाडौं । बिहीबार विभिन्न मुलुकबाट एकैदिन १ हजार ४६६ जना नेपाली स्वदेश फर्किएको छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडान अवतरण भएका छन् ।
बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपाली, हिमालयले दोहाबाट १ सय ५७ जनालाई स्वदेश फर्काएको छ । नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याउदा मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ । एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रुलाई काठमाडौं अवतरण गराएको छ भने एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु नेपाल आइपुगेका छन् ।
बिहीबार दुबई र रियाद उडेका नेपाल एयरलाइन्सका दुई जहाज जहाज शुक्रबार आउने छन् । शुक्रबार विभिन्न गन्तब्यमा कुल १४ उडान र अवतरणको तालीका छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्