Techie IT
Mission Khabar

भदौ १ को प्रतिक्षा, लामो दुरीको सडक यातायात र हवाई उडान प्रभावित हुने संकेत


काठमाडौं । सरकारले भदौ १ देखि लामो दुरीको सडक यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेपनि पछिल्लो समय मुख्य सहरहरूमा बढ्दैगरेको कोरोना संक्रमण कायमै रहे प्रभावित हुने देखिएको छ । काठमाडौं उपत्यका सहित, वीरगंज, सप्तरी लगायतका जनघनत्व बढी भएको शहरहरुमा कोरोना संक्रमण थप विस्तार हुँदा हवाइ र सडक यातायात खोल्ने निर्णय लागू हुन्छ भन्नेमा आशंका उत्पन्न भएको हो ।

कतिपय सहरमा लकडाउन लागू समेत भएको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विगतका निर्णयहरु परिस्थिति अनुकुल नदेखिएका भन्दै आगामी सिसिएमसीको बैठकले समीक्षा गरेर मात्र थप निर्णय लिइने जानकारी दिए । लामो दूरिको सार्वजनिक यातायात खुला नगरिहालौं । बाह्य तथा आन्तरिक हवाइ सेवा पनि नखोलौं भन्ने सुझाब सरकारलाई आएको बताइएको छ । केही न्यूनतम आवश्यकताका कुरा गरेनौं भने आर्थिक रुपमा सास फेर्न सक्दैनौं भन्दै मन्त्री खतिवडाले अहिले बढेको जोखिमले उदार भएर उडान खोल्ने परिस्थिति बनिनसकेको जानकारी दिए ।

सरकार विगत जस्तै लकडाउन गर्ने योजनामा नभएका कारण पनि सार्वजनिक यातायातको भीडभाडसँगै जोखिम न्युनिकरण र हवाई उडानमाथीको प्रतिबन्ध केही समय लम्बिनसक्ने संकेत देखिएको छ । यद्यपी सडक यातायात सुचारु हुने नहुने र हवाई उडान खुल्ने नखुल्ने भन्ने बिषय आगामी दिनमा देखिने कोरोना संक्रमणमा समेत भर पर्नेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, यातायात / यात्रा
ट्याग : #breaking, #कोरोना संक्रमण, #जोखिम, #लामो दुरीको सडक यातायात, #हवाई उडान, #हवाई उडानमाथीको प्रतिबन्ध

तपाईको कमेन्ट लेख्नुहोस्