Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा ६२ सहित थपिए ३७८ संक्रमित, ठूला शहरमा महामारिको जोखिम

२२५९२ संक्रमित मध्ये १६३१३ ले जिते कोरोना


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ । संक्रमित मध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय १३ जनाले कोरोना जितेका छन् । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गरिएको छ ।

थपिएका संक्रमित
लगातार संक्रमित पहिचान हुँदै आएको काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् । काठमाडौंका ५६ जना, पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना, मकवानपुरका ६ जना, रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका सहित वीरगंज, विराटनगर, बाँकेको नेपालगञ्ज, सप्तरीको बजार क्षेत्र, सर्लाहीको बजार क्षेत्र तथा धनुषाको जनकपुर लगायतका भिडभाड हुने स्थानमा बढी जोखिम देखिएको छ ।

बढी जनघनत्व हुने क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दा समुदायस्तरमा कोरोना विस्तार भएको पाइएको छ भने कोरोना महामारीको अवस्था एकिन गर्नेगरि परिक्षण गर्न नसक्दा थप महामारीको जोखिम बढेको छ । स्वास्थ्य विज्ञहरुले समेत सरकारलाई कोरोना समुदायमा विस्तार भएको भन्दै परिक्षणको दायरा बढाएर नियन्त्रणमा लिन बारम्बार सुझाब दिदै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #कोरोना कहर, #कोरोना संक्रमित, #कोरोना समुदायमा, #जनस्वास्थ्यविद, #थप महामारीको जोखिम, #परिक्षण, #मृत्यु, #संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य विज्ञ

तपाईको कमेन्ट लेख्नुहोस्