Techie IT
Mission Khabar

शनिबार रातिबाट तीन दिन मनसुन सक्रिया हुने, सतर्कता अपनाउन अपिल


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । दुई–तीन दिनपछि भने मनसुनी प्रभाव कम हुँदै जाने जनाइएको छ । न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुने भएकाले नेपालभन्दा दक्षिणतर्फ न्युन चापीय रेखा रहेकाले बर्षाको सम्भावना रहेको हो ।

मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्नेछ । तर, लगातार झरी पार्ने, २४ सै घण्टा पानी पार्ने अवस्थाचाहिँ छैन । राति बढी प्रभाव पार्ने पूर्वानुमान गरिएको छ । तीनदिनसम्म देशैभर हल्कादेखी मध्यम र केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । नदि तटिय क्षेत्र तथा पानीको बहाव नभएका स्थानमा डुबानको जोखिम, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #डुबानको जोखिम, #देशभर मनसुनी प्रभाव, #देशभर वर्षा हुने पूर्वानुमान, #भारी बर्षाको सम्भावना, #मनसुन सक्रिय, #मौसम पूर्वानुमान महाशाखा, #सतर्कता अपनाउन अनुरोध

तपाईको कमेन्ट लेख्नुहोस्