Techie IT
Mission Khabar

गोंगबुमा विभत्स अवस्थामा भेटिएको शब दाङका कृष्णबहादुर बोहोराको, थप अनुसन्धान जारी


काठमाडौं । आइतबार बिहान गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले नै शवको तस्वीर सार्वजनिक गरेपछि बोहोराको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गर्थे । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली गोंगबु क्षेत्रमा पुगेर थप अनुसन्धानमा जुटेको छ ।

गोंगबु चोक नजिकै आइतबार सुटकेसभित्र अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले सुटकेशभित्र शव भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर जेब्रा झोला भित्र पोको पारेर फलिएको अवस्थामा टाउको र खुट्टा भेट्टाएको थियो ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot, #प्रहरी, #बिभत्स हत्या, #विभत्स अवस्थामा शव, #सुटकेसभित्र शव

तपाईको कमेन्ट लेख्नुहोस्