समुदायमा बढेको कोरोना संक्रमण रोक्न केही प्रतिबन्ध सहित नयाँ नियम लागू
कार्यालयमा वर्क फर होमको नियम, रेस्टुरेन्ट र उडानमा प्रतिबन्ध
![](https://www.missionkhabar.com/wp-content/uploads/2018/10/Pm-office-singadurbar-e1672919335923.jpg)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सरकारले भीडभाड नियन्त्रण गरेर जोखिम कम गर्ने उद्देश्यले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ । सरकार आफैले हतार हतार गरेर अर्थतन्त्र चलायमान गराउने र कर उठाउने नाममा लकडाउन खोलेर समुदायस्तरमा कोरोना विस्तार गरेको आरोप लाग्दै आएको थियो । फेरि लकडाउनको चर्चा चलिरहँदा सरकारले सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
सरकारले सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले विद्युतीय माध्यमबाट सेवामा जोड दिनेगरी बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित गराउन र अन्यलाई घरमै सुरक्षित राखेर काम गर्ने प्रवन्ध गर्न निर्देशन दिएको छ । उद्धार उडानबाट दैनिक एक हजार बढीको उद्धार भएकोमा अब ५०० मात्र ल्याइने भएको छ । अब सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र एक दिन आउन अडान अनुमति दिइनेछ । सीमा नाकाको अवैद्य आवागमन रोक्न भन्दै भारतबाट आउने प्रदेश विन्दुलाई १० मा झाएिको छ । गैर नेपालीहरुका लागि स्थलमार्गबाट नेपाल प्रवेशमा भदौ ३१ गतेसम्म पूर्ण रोक लगाइएको छ ।
सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ । स्कुल तत्काल नखुल्ने निर्णय गरेको सरकारले बैठक र भेला गर्न समेत रोक लगाएको छ । सरकारले लक्षण नभएका संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर बनाउने निर्णय सहित स्थान र अस्पतालको क्ष्मता अध्ययन गरी निजी तथा शिक्षण अस्पतालहरुलाई प्रयोगमा ल्याउने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । अब होटल तथा रेस्टुरेन्टहरुमा ‘टेक अवे’ (किनेर घरमा लाने) सेवा मात्र दिन पाइने भएको छ । साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खेल्ने निर्णय भएकोमा अब बन्द हुने भएका छन् ।
सरकारले भीडभाड नियन्त्रणसँगै माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग, विभिन्न सार्वजनिक स्थानमा समेत साबुन पानीले हात धुने व्यवस्था, अनिवार्य भौतिक दूरी काम गराउने अभ्यास लगायतका स्वास्थ्य सावधानीको पूर्ण पालनामा नागरिकलाई अभ्यस्त बनाउन नसक्दासम्म कोरोना महामारी रोकिने देखिदैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्