Techie IT
Mission Khabar

चारवटा प्रदेशमा भारी बर्षाको सम्भावना, सचेतना अपनाउन अपिल


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहिबार देशभर समान्य बदलीदेखी भारी वर्षा हुने पूर्वानुमान सहित सतर्क रहन आग्रह गरेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको हो ।

मौसमविद्का अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

राती देशभर सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभरको मौसम बिहीबार सामन्यतया बदली हुने आँकलन गरेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको जानकारी दिएको हो ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्