Techie IT
Mission Khabar

हेलचेक्राई गर्नेहरुको भीडमा एउटा फरक रेस्टुरेन्ट, जहाँ पीपीई सहितको सेवा दिइन्छ (फोटो डायरी)


काठमाडौं । कोरोनाको बढ्दो महामारीलाई मध्यनजर गर्दै सिनामंगलस्थित लेकाली किचन एण्ड कटीया हाउसले आफ्ना सम्पुर्ण ‘फ्रन्टलाइन’ स्टाफहरुलाइ PPE सहितको सुरक्षा प्रदान गरेर व्यवसाय सुरु गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सम्पुर्ण स्टाफहरुलाई पिपिइ, माक्स, पञ्जा अनिवार्य गरेर जोखिम रहित सेवा दिइएको हो ।

रेस्टुरेन्टमा आउने ग्राहकहरुको लागि सेनिटाइजरको अनिवार्य ब्यवस्था गरिएको छ । कटीया हाउसका संचालक मधुसूदन ढकालले करीब तीन महिना लकडाउन हुँदा सबैभन्दा धेरै क्षति रेष्टुरेन्ट ब्यवसायीहरुले भोगेको भन्दै अब सम्पुर्ण सुरक्षा सहित खोल्नुको बिकल्प नरहेको बताए । आफ्ना ग्राहकहरुलाइ सुरक्षित महसुस गराउन कुनैपनी कसर बाँकी नराख्ने दाबी गर्ने ढकालले लकडाउन खोल्ने घोषणादेखी नै कटीया हाउसले आफ्ना स्टाफलाइ माक्स र पञ्जा, ग्राहकलाई सेनिटाइजर अनिवार्य गरेर सेवा दिएको जानकारी दिए ।

संचालक ढकाल भन्छन- ‘हामी नेपाल सरकारले तोकेको सम्पुर्ण मापदण्ड पुरा गरेर खोल्न तयार छौं, त्यसका लागि सरकारले सहयोग गर्नुपर्छ । विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोनाबाट हामी त्रसित त छैनो तर हेलचेक्र्रयाइ पनि गरेका छैनौं ।’ कोरोना जो कोहीलाइ पनि भएको हुनसक्ने भएकोले हामी बाहेक हरेकलाई कोरोना छ भन्ने हेतुले सामाजिक दुरी कायम गरि काम गर्दै आएको ढकालले बताए । कोरोना नेगेटिभ रोपोर्ट देखाएर कटीया हाउसमा आउने ग्राहकले १० प्रतिशत छुट पाउने ढकालले जानकारी दिए ।

काठमाडौंमा सानाठुला सयौं रेष्टुरेन्टले न्युनतम मापदण्ड पनि नपुर्याइ निर्वाद संचालनमा रहेको र यसले कोरोना संक्रमणको जोखिम बढाउने देखिदैगर्दा सरकारले नियमित नियमन गरेर मात्रै बजार पसल तथा रेस्टुरेन्ट संचालन गर्न दिनुपर्ने ढकालको धारणा छ । यसरी सुरक्षाका उपाय सहित रेस्टुरेन्ट सञ्चालन गर्नेहरु समेत अन्यले गर्ने हेलचेक्राईको शिकार बन्दै आएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड रसावधानी नअपनाईएका कारण जोखिम बढेको भन्दै होटल रेस्टुरेन्ट बन्द गर्ने भनिरहँदा आवश्यक सुरक्षाको बन्दोवस्ती सहित सञ्चालनमा आएका होटल रेस्टुरेन्टलाई सञ्चालनका लागि प्रोत्साहन गर्ने कि नगर्ने ?

करिब चार महिनाको बन्दले ठूलो नोक्सानी ब्यहोरेर पनि आफू, कर्मचारी र समग्र ग्राहकको सुरक्षाका लागि सोच्ने रेस्टुरेन्ट सञ्चालकलाई सरकारले निराश बनाउनुहुन्न ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #पञ्जा अनिवार्य, #पिपिइ, #मधुसूदन ढकाल, #माक्स, #रेष्टुरेन्ट, #लेकाली किचन एण्ड कटीया हाउस

तपाईको कमेन्ट लेख्नुहोस्