Techie IT
Mission Khabar

कोरोना अपडेट : २४ हजार ९५७ संक्रमित, ९७ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने ९७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बिहिबार कोरोना संक्रमणबाट बाराका दुई तथा धनुषा र अछामका एकएक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणबाट १६ हजार ८ सय ३७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०९ जना डिस्चार्ज भएर कोभिड अस्पतालबाट घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित
मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५, मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०र०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा, इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३र३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २र२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १र१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो संक्रमणको अवस्था हेर्दा बढी जनघनत्व भएका शहरमा बढी जोखिम रहेको देखिएको छ । काठमाडौं, वीरगञ्ज, विराटनगर, धनुषा, मकवानपुर लगायतका व्यस्त शहरमा संक्रमणको दर उच्च देखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्