Techie IT
Mission Khabar

त्रिभुवन विश्वविद्यालयले रोक्यो सबै परिक्षा, ८ वटा परिक्षाफल आउँन बाँकी


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल कुनै पनि परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको हो ।

यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी थालेको थियो । त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन भएको छ भने अब ८ वटा परिक्षाको परिक्षाफल प्रकाशन गर्न बाँकी छ । बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गराएर पनिकाले परिक्षाफल प्रकाशन गरेको थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्