कोरोना समुदायस्तरमा भए नभएको पत्ता लगाउन सेरोलजिकल अध्ययन गरिदै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउन अध्ययन हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सेरोलजिकल टेष्टका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएको हो ।
पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताएका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा यसबारे मुख खोलेको छैन । डब्ल्यूएचओका अधिकारीहरुले भने समुदायमा ब्यापक रुपमा नभई क्लस्टर वा समूहमा संक्रमण देखिएको बताउँदै आएका छन् । ईडीसीडीका निर्देशक डा. बासुदेव पाण्डेले सेरोलजिकल टेष्टले संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउने भन्दै यसमा कति मानिसलाई सहभागी गराउने भन्ने यकिन हुन बाँकी रहेको जानकारी दिए ।
यसका लागि दुई साता सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरिनेछ र राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा परीक्षण गरेर कोरोना समुदायमा विस्तार भए नभएको एकिन गरिनेछ । यता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले छुट्टै स्वास्थ्यकर्मीहरुको सेरोलजिकल टेष्ट गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्