काठमाडौं उपत्यका प्रवेशमा कडाई, रोकियो सवारी पास

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनका लागि जारी गर्दै आएको पास र काठमाडौँ भित्रिने सवारीका लागि सवारी पास स्वीकृति बन्द गरेको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बिहीबारदेखि लागु हुनेगरी हाल जारी हुँदै आएका सवारी पास बन्द गर्न निर्देशन दिए अनुसार नै पास बन्द गरिएको हो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्र बमोजिम काठमाडौँ उपत्यका बाहिर जाने सवारी साधनका लागि वितरण गर्दै आएको पास अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । उपत्यका बाहिरबाट आउने सवारीका लागि दिँदै आएको स्वीकृति पनि बन्द गरिएको छ । पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत रोक्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले लकडाउनपछि हालसम्म अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार यात्रु र साढे सात हजारभन्दा बढी सवारीसाधनलाई प्रवेश नाकाबाट फिर्ता पठाएको तथ्यांक सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम घटाउन विभिन्न नाकाबाट उपत्यका प्रदेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जना यात्रु र ७ हजार ६ सय ३५ वटा सवारीसाधन फिर्ता पठाइएको जानकारी गराएको छ । संक्रमण बढी भएका जिल्ला तथा शहरबाट काठमाडौं भित्रिनेहरुका कारण कोरोनाको जोखिम बढेको आँकलन गरिदैगर्दा पास रद्ध गरेर उपत्यका भित्रिनेहरुमा कडाई गर्न खोजिएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking, #उपत्यका भित्रिनेहरुमा कडाई, #काठमाडौं उपत्यका, #कोरोनाको जोखिम, #सवारी पास स्वीकृति बन्द
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्