सिन्धुपाल्चोकको लिदिमा पहिरो, पुरिएका १३ घर मध्ये पाँच घरका सदस्य बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घरहरु देख्न नसकिने गरि पुरीएका हुन् ।
पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन रहेपनि कतिजनको संख्यामा हराएका छन् भन्ने एकिन हुन सकेको छैन । अन्य घरका १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा पुगेर सुरक्षित रुपमा बसेका छन् । जुगल गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रमा २५–३० घरहरु जोखिममा रहेको जनाएको छ । अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार गर्न कठिनाई भएको छ । हेलिकोप्टर परिचालन गरेर उद्धारको तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
साउन १९ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा खसेको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । असार २४ मा बाह्रबिसे क्षेत्रमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला पर्न सकिएको छैन ।
फोटो : रामचन्द्र दुलाल
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्