Techie IT
Mission Khabar

कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, १७ हजार बढीले संक्रमण जित्दा ९९ को मृत्यु

शहर केन्द्रित जोखिम, हेलचेक्राई नगर्न अपिल


काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा ल्यावमा ११ हजार ५ सय ७५ स्वावको पीसीआर परिक्षण गर्दा यी संक्रमित पहिचान भएका हुन् ।

थपिएका संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं ८३, पर्सा ७१, धनुषामा ५५, मोरङ ६३, ललितपुर ३०, सुनसरी २४, बारा २४ , महोत्तरी २४ , बाँके २२, तनहुँ २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, रुपन्देही १४, चितवन १४ , सर्लाही १४, सिन्धुली ११, झापा ९, भक्तपुर ६, अछाम ६, रौतहट ५ ,बर्दिया ५, कपिलवस्तु ५, कैलाली ५, कैलाली ४, सिरहा ३, दैलेख ३ कञ्चनपुर २, नवलपरासी पूर्व २, सिन्धुपाल्चोक १, उदयपुर १, नुवाकोट १, बाजुरा १, धादिङ १, हुम्ला १, दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, सल्यान १ र बझाङमा १ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ भण्टामा ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । मोरङका २, सिराह र बारामा एकएक जनाको कोरोना संक्रमणका कारण निधन भएको हो । पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् भने संखुवा सभा, मनाङ मुस्ताङ र डोल्पामा शून्य संक्रमण छ । अहिले देशभरका क्वारेन्टिनमा १४ हजार ६ सय ३८ रहेका छन् ।

स्वास्थ्य पूर्वाधार र उपचार
देशभर कोरोना उपचारका लागि ९ सय ४२ भेन्टिलेटर र ४ सय ९४ छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । हाल नेपालका विभिन्न अस्पतालका आईसीयूमा ९८ र भेन्टिलेटरमा ४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ७७ पुगेको छ ।

सरकारले जनघनत्व बढी भएका जिल्लामा संक्रमण तिब्र भएकाले काठमाडौं सहित देशका सबैजसो नीजि अस्पतालमा २० प्रतिशत सिट कोभिड उपचारका लागि छुट्याउन आग्रह गरेको छ । भीडभाड नगर्न, भौतिक दूरी कायम गर्न र आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत अपिल गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #आईसीयू, #कोरोना संक्रमण, #ज्यान गुमाउनेको संख्या, #डिस्चार्ज, #पीसीआर परिक्षण, #भेन्टिलेटर, #संक्रमण तिब्र, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्