Techie IT
Mission Khabar

दोलखामा लकडाउन, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किन नपाइने


दोलखा । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै दोलखामा भदौ ६ गते सम्मका लागि लकडाउन घोषणा गरिएको छ शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लाका केही स्थानीय तहमा कोभिड–१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन तथा नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले मिसन खबरलाई जानकारी दिए । लकडाउन शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागू हुने छ । यो अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारीसाधन सञ्चालन गर्न पाइनेछैन ।

शुक्रबार मात्रै जिल्लाको गौरिशंकर गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार विदेशबाट जिल्ला फर्किएका एक जना र गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ जनाले कोरोना जितेका छन् । काठमाडौंमा उपचारकाक्रममा एक बृद्दाको मृत्यु भएको छ । दोलखा स्थायी घर भएर काठमाडौं बसोवास गर्ने कतिपयको स्वाब संकलन, संक्रमण पहिचान र उपचार काठमाडौंमा भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयमा रेकर्ड राखिएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्