Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा निषेधाज्ञ, नियम उल्लंघन भए कडा कारबाही


काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनको संयुक्त बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाका क्रममा उपत्यकामा भीडभाड, जुलुस, खुला स्थानमा मानिसहरू भेला हुन पाइने छैन । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि लगाइएको प्रतिबन्धमा भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालनमा रोक लगाइएको छ । दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि, चाडपर्व, धार्मिक–साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघट, शैक्षिक संस्थाहरू सञ्चालन,सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा रोक लगाइएको छ । कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडारसाइकल सञ्चालन हुने व्यवसायमा समेत शनिबार साँझबाट रोक लगाइएको छ ।

उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालन गरेको पाइए कडाइका साथ कारबाही गरिने भएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्