नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, १ सय २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा कहाँ कहाँ थपिए संक्रमित ?
काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा ९/९ जना, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जना, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण कपिलवस्तु, पर्सा र धनुषाका एकएक जना गरेर थप तीन जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । शनिबार साँझसम्म १४ हजार ४ सय ४८ जना देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका छन् । मोरङ, पर्सा, रौतहट महोत्तरी काठमाडौंमा ५ सय बढी संक्रमित रहेका छन भने संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
कोरोना उपचार
८ हजार १ सय ९३ सक्रिय संक्रमित देशका विभिन्न कोभिड अस्पतालमा उपचाररत रहेका छन् । देशभरका विभिन्न अस्पतालका आइसीयूमा ९८ जना र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत छन् । देशभर कोरोना उपचारका लागि आइसीयू बेड संख्या ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा १ सय २४ डिस्चार्ज भएसँगै १७ हजार २ सय १ ले कोरोना जितेका छन् ।
काठमाडौं लगायत देशका धेरै स्थानमा कोरोना संक्रमितको संख्या बढेको र परिक्षणको प्रक्रिया समेत प्रभावकारी नभएको भन्दै सरकारले संक्रमितको सम्पर्कमा आएका वा जोखिम क्षेत्रमा पुगेका व्यक्तिहरु पाँच दिनसम्म आइसोलेसनमा बसेर मात्रै पीसीआर परिक्षण गर्न आग्रह गरेको छ । स्वास्थ्यकर्मीमाथी दुब्यवहार नगर्न नगराउन समेत सरकारले अपिल गरेको छ । देशभरका सम्पूर्ण मेडिकल कलेजलाई छुट्टै आइसोलेसन भवन र कक्ष तोकी स्विकृत बेडसंख्याको एक तिहाई बेड छुट्याएर कोरोना उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : ##कोरोना अपडेट, #breaking, #कोरोना उपचार, #कोरोना भाइरस (कोभिड–१९), #कोरोना विशेष अस्पताल, #कोरोना संक्रमण, #मृत्यु
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्