Techie IT
Mission Khabar

ओली मोदी फोनवार्ता : द्धीपक्षीय मुद्धामा सहमति खोज्ने सम्वादको सुरुवात !


काठमाडौं । लामो तिक्तता र संवादहिनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भयो । यो अवशर जरेको थियो भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरले । दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वादलाई सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीचको सम्वादहिनता तोडिएको अर्थमा हेरिएको छ ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको प्रस्ताव समेत भारतले अस्विकार गर्दै आएको समयमा संवादलाई निरन्तरता दिने गरि भएको फोन वार्ताले सम्वाद र कुटनीतिक माध्यमबाट निकास खोज्न भारत समेत सहमत भएको देखिन्छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना मात्रै दिएनन्, २०२० अप्रिल १० मा भएको सम्वादको स्मरण गराउँदै मोदीको छिमेक प्राथमिकता नीतिको चर्चा गरे । साथै सुरक्षा परिषदको सदस्यमा निर्वाचित भएकोमा बधाई दिदै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको शन्देष प्रधानमन्त्रीले प्रवाह गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ओली र मोदीबीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको बताइएको छ ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले समेत प्रेस विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएकोमा भरतलाई बधाइ दिएको, कोरोना रोकथामका विषयमा भएको सम्वादमा भारतले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको र दुईदेशका समस्या समाधानमा सम्वादमार्फत समाधान खोज्ने सहमति भएको बताइएको छ । लामो समयपछि तोडिएको सम्वादहिनतालाई नेपाल भारत सीमा लगायतका समस्या समाधानमा वार्ता सुरु भएको अर्थका रुपमा समेत हेरिएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्