काठमाडौं उपत्यकामा १७२ सहित थपिए ६४१ संक्रमित, २६६६० मा संक्रमण देखिदा १०४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षणबाट यी संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
आइतबार साँझसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घन्टामा १३४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ३२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुमा ३८ र भक्तपुरमा ८ जना गरी काठमाडौं उपत्यकामा मात्रै १७२ जना संक्रमित थपिएका छन् ।
थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्