संघीय सांसदलाई नयाँ लोगो, डेढ महिनामा हातैले कुँदेर नयाँ नक्सा समेटिएको थियो

काठमाडौं । केही महिनाअघी अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आइतबार संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा संघीय संसदका महासचिव डा भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गनुभएको हो ।
सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आइतबारबाटै नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय गरेको थियो । संघीय संसद सचिवालयले नयाँ लोगो तयार पारेर वितरण गरेको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयमा निर्णण गरिएको हो ।
महासचिव गौतमले प्रतिलोगो ५ हजार ५ सय २७ रुपैंया खर्च भएको जानकारी दिनुभयो । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो उपलब्ध गराइएको छ । यसअघिको लोगो डिजाइन गरेका डिजाइनर ८७ वर्षीय टेकवीर मुखियाले तयार पारेको लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उधोग कार्यालय, ललितपुरका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर तयार पारिएको थियो । जनताको सर्वोच्च निकाय संसदका सदस्यले प्रयोग गर्ने लोगो भएकाले हातैले विशेष महत्वका साथ निर्माण गरिएको महासचिव गौतमले जानकारी दिनुभयो ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्